काठमाडौँ, २२, असोज
नेपाल र चीनको व्यापारिक नाकाको रुपमा विकसित गर्न लागिएको मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाकामा चीनले भन्सार, अध्यागमन र सुरक्षा निकायका कार्यालयका लागि विशाल भवन निर्माण थाले पनि नेपालतर्फ भने कहाँ भवन बनाउने अहिले सम्म निश्चित हुनसकेको छैन । "/>

कोरला नाकामा चीन विशाल भन्सार भवन बनाउँदै

कोरला नाकामा चीन विशाल भन्सार भवन बनाउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२, असोज
नेपाल र चीनको व्यापारिक नाकाको रुपमा विकसित गर्न लागिएको मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाकामा चीनले भन्सार, अध्यागमन र सुरक्षा निकायका कार्यालयका लागि विशाल भवन निर्माण थाले पनि नेपालतर्फ भने कहाँ भवन बनाउने अहिले सम्म निश्चित हुनसकेको छैन । नेपाल सरकारको ढिलासुस्तीको कारण भौगोलिक रुपमा सहज देखिएको उक्त नाका सञ्चालनमा अनिश्चितता बढेको छ ।

नेपालले भन्सार कार्यालय, भन्सार यार्ड, अध्यागमन, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सरकारी कार्यालयका लागि चीनसँगको सिमाना कोरला भन्दा झण्डै १२ किलोमिटर तल दक्षिणतर्फ नेचुङ भन्ने स्थानमा जग्गा व्यवस्था गरे पनि उक्त स्थान उपयुक्त देखिँदैन । सरकारले त्यहाँ अहिले नै भन्सार कार्यालय भनेर एउटा एक कोठे भवन बनाएर बोर्ड राखेको छ । चीनले नेपाल र चीनको सीमास्तम्भ नजिकै विशाल र अत्याधुनिक भवन बनाउन थालेपछि नेपाल पनि भवन बनाउन दबाबमा परे पनि अहिले छनौट गरिएको स्थान उपयुक्त छैन । चीनले काम थालेको करिब डेढ महिनाको अवधिमा विशाल भवनको संरचना तयार पारिसकेको छ । बिहान ६ बज्नु अगाडिदेखि नै चिनियाँ कामदार भवन बनाउन लागिसकेका हुन्छन् । नेपालको भने अत्तो पत्तो छैन ।
आर्थिक दैनिकबाट

Skip This
Skip This
Logo