प्रदेश र संघको निर्वाचनका लागि उम्मेदवारहरु छान्न जिल्ला स्तरमा राजनीतिक दलहरुलाई भ्याइ नभ्याइ भएको छ । "/>

दाङमा प्रमुख दलका उम्मेदवार सिफारिसमा पुरानै अनुहार

दाङमा प्रमुख दलका उम्मेदवार सिफारिसमा पुरानै अनुहार

केन्द्रबिन्दु
0
Shares

दाङ, २२, असोज

प्रदेश र संघको निर्वाचनका लागि उम्मेदवारहरु छान्न जिल्ला स्तरमा राजनीतिक दलहरुलाई भ्याइ नभ्याइ भएको छ । भरखरै मात्र स्थानीय निर्वाचन र उम्मेदवारले पारेको प्रभावले दलहरुलाई संघ र प्रदेशको निर्वाचनको लागि उम्मेदवार छान्न सकस समेत देखिएको छ । आगामी मंसिर २१ गते हुने संघ र प्रदेशको चुनावका लागि दाङका राजनीतिल दलहरुले पनि आफना तर्फका उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गर्न थालेका छन् । कतिले टुङगो समेत लगाइ सकेका छन्। दाङमा क्रियाशिल तीन प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफना सम्भावित उम्मेदवारहरुलाई केन्द्रमा सिफारिस गरेको जनाएका छन्। तर तिनै दलका सम्भावित सिफारिस उम्मेदवारमा पुरानै अनुहारको हावी देखिएको छ।
अन्नपूर्णपोष्टबाट

Logo