केन्द्रविन्दु सम्बाददाता
काठमाडौ, २१ असोज । नेकपा एमाले नेतृत्वको बाम गठबन्धनमा अर्को बामपन्थी दल राष्ट्रिय जनमोर्चा पार्टीले पनि चुनावी तालमेल गर्ने तयारी थालेको छ ।
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने बताएका छन् । केसीले आफ्नो पार्टी पनि कम्युनिष्ट नै भएकाले काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन भन्दा बाम गठबन्धन उपयुक्त हुने बताएका हुन् । जनमोर्चाले गठबन्धनमा सम्मानजनक स्थान चाहिरहेको बुझिएको छ ।
एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी र नेपाल परिवार दलले तालमेल गर्ने निर्णय गरिसकेको छ ।































प्रतिक्रिया