आईपीएल : कोलकाताद्वारा राजस्थान रोयल्स ६० रनले पराजित

आईपीएल : कोलकाताद्वारा राजस्थान रोयल्स ६० रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले लिग चरणको आफ्नो अन्तिम खेलमा राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको छ । जित सँगै कोलकाता अंक तालिकाको चौथो स्थानमा पुगेको छ।

गए राति भएको खेलमा १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर खेल्दै नौ विकेट क्षतिमा १३१ रन मात्र बनाउन सक्यो। उसका लागि जोस बट्लरले सर्वाधिक ३५ र राहुल टेवाटियाले ३१ रन बनाए । कोलकाताका लागि प्याट कुमिन्स एक्लैले चार विकेट लिएका थिए ।

यसअघि टस हारी ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा सात विकेट गुमाउँदै १९१ रन बनाएको थियो । उसका लागि कप्तान इयोन मोर्गानले ३५ बलमा ६८ रन बनाए । राजस्थानका राहुल टेवाटियाले तीन विकेट लिएका थिए।

कोलकाताले प्ले अफको यात्राका लागि भने रोयल च्यालेन्जर्स बैङ्लोर र दिल्ली क्यापिटल्स तथा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलको नतिजा कुर्नु पर्नेछ। अहिले दोस्रो, तेस्रो र चौँथो स्थानमा रहेका बैङ्लोर, दिल्ली र कोलकाताको समान १४ अंक छ।

सोमबार हुने बैङ्लोर र दिल्लीको खेलमा ठूलो अन्तरको जितहार भए हार्ने टीमको रनरेट घटेर कोलकाताभन्दा तल जान सक्छ। त्यसो हुँदा कोलकाता प्ले अफमा पुग्न सक्ने सम्भावना रहन्छ ।

Logo