काठमाडौँ, २०,असोज
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वामपन्थी र लोकतान्त्रिक गठबन्धन मध्येबाट देशले अब बलियो एक प्रतिपक्ष प्राप्त गर्ने आशा गरेको बताएका छन् । "/>

गठबन्धनबाट देशले बलियो प्रतिपक्ष पाउँछ : बिजुक्छे

गठबन्धनबाट देशले बलियो प्रतिपक्ष पाउँछ : बिजुक्छे

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २०,असोज
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वामपन्थी र लोकतान्त्रिक गठबन्धन मध्येबाट देशले अब बलियो एक प्रतिपक्ष प्राप्त गर्ने आशा गरेको बताएका छन् ।सेवानिवृत्त शिक्षक समाज भक्तपुरद्वारा आयोजित कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउन बलियो प्रतिपक्ष आवश्यक हुने र अहिलेको निर्वाचनले त्यो पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए।

अध्यक्ष बिजुक्छेले चुनावलाई केन्द्रित गरेर वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाइएको हो भने यसले देशको दीर्घकालीन राजनीतिमा कुनै असर र प्रभाव नपार्ने धारणा व्यक्त गरे ।कार्यक्रममा उनले सेवानिवृत्त भएका भक्तपुरका छ जना वरिष्ठ शिक्षक शिक्षिकालाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै समाजद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ नामक पुस्तकको विमोचन पनि गरेका थिए ।
रासस

Skip This
Skip This
Logo