केन्द्रबिन्दु, १९ असोज ।
रुसको क्रासनोदर सिटीमा पक्राउ परेका ‘नरभक्षी दम्पती’बारे नयाँ खुलासा भएको छ । प्रहरीले उनीहरूको घरमा खानतलासी गर्दा, मान्छेको मासुको अचार फेला पारेको थियो । अन्तिम पटक फेला परेको अचार वेटरको थियो, जो उनीहरूको अन्तिम सिकार थियो ।
अहिले यी नरभक्षी दम्पतीको केही फोटो पनि फेला परेको छ । भनिहालौं, उनीहरूले अहिलेसम्म तीसजना मानिसलाई मारेर उनीहरूको मासु खाएको स्वीकार गरेका छन् ।
– क्रासनोदर सिटीमा रहने ३५ वर्षीय दिमित्री बाकेशेव र ४२ वर्षीया उसकी पत्नी नतालियाको घरमा अचारको जार मिलेको थियो ।
– यी पती पत्नी एकअर्कालाई एकदमै प्रेम गर्छन् । हाल उनीहरू जेलमा छन् ।
– उनीहरूले १९९९ बाट मान्छे मारेर खाने सिलसिला सुरु गरेका थिए ।

– उनीहरूले केही दिनसम्म मान्छेको मासु फ्रिजमा राख्थे र अचार बनाएर खान्थे ।
– यो दम्पतीले घरमा यस्तो ठाउँ बनाएका थिए, जहाँ मान्छेको बडी पार्टस् राख्थे । र, त्यसको साथमा सेल्फी लिन्थे । त्यहाँबाट प्रहरीले आठजनाको बडी पार्ट बरामद गरेको थियो ।
– त्यहाँ १९ जनाको छाला पनि बरामद गरिएको थियो । यसबाट के थाहा हुन्थ्यो भने, मान्छेलाई मारेपछि उनीहरूले छाला उतार्थे ।
– उनीहरूले मान्छे मार्नका लागि ड्रग्स दिन्थे । ड्रग्स लागेपछि उसको हत्या गर्थे ।

(एजेन्सीको सहयोगमा)































प्रतिक्रिया