बारागढी गापा अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा संघीय फोरम

बारागढी गापा अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा संघीय फोरम

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । कलैया, १० असोज ।

बारागढी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ ।

काँग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५५५ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी राय दुई हजार हजार ५८० मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रवतीदेवी चौधरीले दुई हजार ४५४ मत प्राप्त गरिन् ।

१६ वटा स्थानीय तह रहेको बारामा अब कलैया उपमहानगरपालिकाको मात्र नतिजा आउन बाँकी छ। कलैयामा जारी मतगणनामा एमालेको अग्रता छ।

छवटा वडा रहेको बारागढीमा काँग्रेसले दुई, संघीय समाजवादीले दुई र नेकपा (एमाले) ले पनि दुईवटा वडामा जित हासिल गरेको छ ।

Skip This
Skip This
Logo