साउदी अरब, ९ असोज । साउदी अरब हाम्रो लागि परिचित मुलुक । थुप्रै नेपाली दाजुभाई त्यही मुलुकमा श्रम गर्न पुगेका छन् । यसको पहिचान कट्टरपन्थ देशको रुपमा छ । त्यहाँ सामान्य चोरीको घटनामा समेत ठुलो सजाय दिइन्छ । पहिरनमा समेत उदार हुन पाइदैन । आफुखुसी पहिरन लगाउनेहरु सजायको भागिदार बन्नुपर्छ । केहि समयअघि सर्ट र स्कर्ट लगाउने युवतीलाई पक्राउ समेत गरिएको थियो । 


यद्यपी यसपटक राष्ट्रिय दिवसमा भने फरक परिदृश्य देखियो । यहि मेलोमा पहिलो पटक महिलालाई फुटबल स्टेडियममा प्रवेश गर्न अनुमति दिइयो । त्यसो त ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै जतिसुकै कडाई गरेपनि कति युवतीहरु आफ्नो इच्छा अनुसार ग्ल्यामर दुनियामा प्रवेश गरिरहेका छन् । देश र देश बाहिर रहेर उनीहरु मोडलिङ, अभिनय गरिरहेका छन् । टेलिभिजनमा देखिइरहेका छन् । 































प्रतिक्रिया