सञ्जु मोक्तान बनिन्  मिस टिन नेपाल–२०१७

सञ्जु मोक्तान बनिन्  मिस टिन नेपाल–२०१७

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ९ असोज ।

सञ्जु मोक्तान यस वर्षको मिस टिन नेपाल–२०१७ बनेकी छन् । २७ प्रतिस्पर्धीलाई पछि पार्दै सञ्जुले यो उपाधि जितेकी हुन् ।

जेसिस काठमाडौंले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रमको अन्तिम राउण्डमा निर्णायकबाट जेसिआईका पूर्वअध्यक्ष एवम् काठमाडौं जेसिआईका उपाध्यक्ष प्रदिपमान वैद्यले ‘छोरी हुनुको सबैभन्दा राम्रो पक्ष के हो ?’ भन्ने प्रश्नमा सञ्जुले उत्कृष्ट जवाफ दिँदै मिस टिनको उपाधि हात पारेकी हुन् ।

यस्तै, मेरी लिम्बु र दिया मंडल क्रमशः दोस्रो र तेस्रो हुन सफल भएका छन् ।

२७ प्रतिस्पर्धीमध्य मेरी लिम्बु, निष्ठा सिग्देल, दिया मंडल, सञ्जु मोक्तान र पूजा पुरी अन्तिम ५ प्रतिस्पर्धीमा रहन सफल भएका थिए । कार्यक्रमको निर्णायकमा प्रदिपमान वैध बाहेक डा. गंगा पाठक, प्रिती सिटौला, निर्णय श्रेष्ठ लगायत उपस्थित थिए । कार्यक्रमको कोरियोग्राफी भने पूर्व मिस नेपाल सुगरिका केसीले गरेकी थिइन् ।

Skip This
Skip This
Logo