त्रिशूली,९, असोज
दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ । विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ । हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा सो मेला आयोजना गरेका हुन् । कृषि प्रधान मुलुकमा दशैँका लागि आवश्यक खसीबोकाको विकल्पमा चीनबाट आउने भेडाच्याङ्ग्रा रहेकाले तुप्चेका सहकारीले पछिल्लो पाँच वर्ष देखि यस्तो अभियान सञ्चालन गर्दै आएका छन् । खसीबजार तथा कृषिउपज मेलामा खसीपालक किसान तथा उपभोक्ताको भीड लागेको थियो।
नागरिकबाट































प्रतिक्रिया