काठमाडौं,९, असोज
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैँको समयमा सरकारले निर्दिष्ट गरेको यातायात भाडा भन्दा बढी लिने व्यवसायीलाई कडा कारबाही गर्ने भएको छ । "/>

यातायात व्यवसायी माथि सरकारको निगरानी , वढी भाडा लिने कारबाहीमा

यातायात व्यवसायी माथि सरकारको निगरानी , वढी भाडा लिने कारबाहीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,९, असोज
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैँको समयमा सरकारले निर्दिष्ट गरेको यातायात भाडा भन्दा बढी लिने व्यवसायीलाई कडा कारबाही गर्ने भएको छ । नेपाल यातायात महिला चालक समूहले हिजो आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सोही मन्त्रालयका राज्यमन्त्री सीता गुरुङले सर्वसाधरण यात्रुलाई ठगी गर्ने व्यवसायी माथि निगरानी गर्न सादा पोसाकमा प्रहरी तथा कर्मचारीलाई परिचालन गरिएको बताइन् ।

चार्डबाडको मौका छोपेर चलनचल्ती भन्दा दोब्बर भाडा लिएको समाचार आएपछि सरकारले त्यस्ता व्यापारीलाई कारबाही गर्ने निर्णय गरेको बताउँदै उनले ठगीमा संलग्न सम्बन्धित व्यवसायीको सवारीलाई दिइँदै आएको सडक इजाजत समेत खारेज गर्न सकिने जानकारी गराइन् । राज्यमन्त्री गुरुङले पेट्रोलियम पदार्थको खरिदमा ठूलो धनराशि विदेशिएकाले यसको प्रयोगलाई न्यूनीकरण गर्न विद्युतीय सवारीसाधनको प्रयोगकर्तालाई विभिन्न सहुलियत उपलब्ध गराइने नीति रहेको बताएकी थिइन् । उनले काठमाडौँमा करिब दुई हजार टेम्पो चालक महिला रहेको बताउँदै उनीहरुको आयआर्जनको वैकल्पिक व्यवस्था नगर्दा सम्म टेम्पो सञ्चालनलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

रासस

Skip This
Skip This
Logo