सिरहा,९, असोज
पूर्वविना विभागीय मन्त्री राजलाल यादव सिरहाको भगवानपुर गाउँपालिकाको वडा सदस्यमा निर्वाचित भएका छन् । "/>

पूर्व मन्त्री यादव वडा सदस्यमा निर्वाचित !?

पूर्व मन्त्री यादव वडा सदस्यमा निर्वाचित !?

केन्द्रबिन्दु
0
Shares

सिरहा,९, असोज
पूर्वविना विभागीय मन्त्री राजलाल यादव सिरहाको भगवानपुर गाउँपालिकाको वडा सदस्यमा निर्वाचित भएका छन् । भगवानपुर गाउँपालिकाको वडा नम्बर ३ को सदस्यमा उनी निर्वाचत भएका हुन् । उनले सदस्य पदमा ८ सय ७८ मत पाएका छन् । उक्त वडामा खसेको २ हजार ७ सय २१ सदर मत मध्ये उनले ८ सय ७८ मत पाएका हुन् । उनकै पार्टीबाट सदस्यमै उम्मेदवारी दिएका अरुण कुमार यादवले ९ सय ८ मत पाएका छन् ।

राजलाल यादव पूर्वविना विभागिय मन्त्री भएपनि उनले आफ्नै वडामा समेत अत्यधिक मत पाउन सकेनन् । संघीय समाजवादी फोरम नेपालबाटै उक्त वडाका लागि सदस्य पदमै उम्मेदवारी दिएका अरुण कुमार यादवले पूर्व विना विभागिय मन्त्री यादव भन्दा बढी मत ल्याएका छन् । ७२ वर्षीय यादव पूर्वजिल्ला सभापति हुदै संविधानसभाको पहिलो निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालबाट निर्वाचित भएका थिए । त्यसपछि उनी डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रीमण्डलमा विना विभागिय मन्त्री समेत बनेका थिए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo