नेपालगन्ज ,८, असोज
नेपालगन्ज नाकामा यसपालि दशैं मान्न आएका कोही पनि नेपाली लुटिएका छैनन्। दशैंको मुखमा दैनिकजसो एक वा दुई जना लुटिने विगत बोकेको यो नाकामा यसपालि कोही लुटिएका छैनन्। किन यस्तो राम्रो भयो त ? सम्बद्ध जानकारहरू भन्छन्, सीमा क्षेत्रमा नेपाल र भारतीय प्रहरीले राम्रो काम गरेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज सुधीर खड्का र रूपैडिहा प्रहरी थानाका इन्चार्ज आलोक रायले बिहान आफैं सडकमा बसेर रेखदेख गर्नुका साथै नेपाल प्रहरीका जवानहरू रूपैडिहा बसपार्कमा पुगेर गस्ती गर्ने गरेका छन्। ‘रूपैडिहा थानाका इन्चार्ज राय नै बिहान सडकमा बसेर नेपाली बोकेर आएको रिक्सावालालाई भाडाका विषयमा सोधपुछ गर्ने गरेका छन् । नेपालतर्फ आएपछि जमुनाहा प्रहरीले फेरि केरकार गर्छ’, जमुनाहा इन्चार्ज खड्काले भने– ‘रूपैडिहामा बिहान बस आइपुग्दा नेपाल प्रहरी त्यहाँ पुगेर सुरक्षा दिने गरेको छ।’
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया