काठमाडौं ,८, असोज
दशैंका लागि १२ अर्ब रुपैयाँका नयाँ नोट साटिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार हाल सम्म राष्ट्र बैंक तथा सरकारी वाणिज्य बैंकहरूले सो नयाँ नोट सटही गरेका हुन् । राष्ट्र बैंकले ५, १०, २०, ५० र सय दरका गरी १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको जनाएको हो । गत २८ देखि राष्ट्र बैंकले नयाँ नोट सटही सुरु गरेको थियो । मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले नयाँ नोट उत्साहपूर्वक सटही भएको बताए । विभागका प्रमुख समेत रहेका निरौलाले भने, ‘१२ अर्ब रुपैयाँ नयाँ नोट सटही भएको छ ।’ सर्वसाधारणलाई नयाँ नोट अभाव नहुने कार्यकारी निर्देशक निरौलाले जानकारी दिए । राष्ट्र बैंकले गत वर्षहरूमा आफैं मात्रै नयाँ वितरण गर्ने गथ्र्यो तर यसपालि भने सरकारी वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्ने जिम्मा दिएको छ । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले प्राप्त गर्न सक्नेछन् ।
राजधानीबाट





























प्रतिक्रिया