पोखरा जाने बसमा मिनीबारदेखि मसाजसम्मको सुबिधा

पोखरा जाने बसमा मिनीबारदेखि मसाजसम्मको सुबिधा

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, ७ असोज । सुन्दा अनौठो लागे पनि यो सत्य हो । पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सहितको पोखरा– काठमाडौ सेवा सुरु गरेको छ।  पोखरा लेखनाथ महानगरपालिकाका मयेर मानबहादुर जिसीले बसको शुभारम्भ गरेका हुन्।

बस संसारकै उत्कृष्ट स्तरको भएको कम्पनीले दाबी गरेको छ । बसमा बिमानमै पाइने सेवाहरु उपलब्ध छन । २१ सिट क्षमताको बसमा प्रत्येक सिटमा छुट्टाछुट्टै टेलिभिजन तथा खाना टेबल रहेको छ। बसभित्रै रेष्टरुम र मिनीबारको सुविधा रहेको छ। 

उक्त पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत रहने उक्त बसमा रिमोटबाटै सिट फोल्डिङ गरेर सुत्न सकिने, रिमोट सिस्टमबाटै मसाज गर्न सकिने सुविधा उपलब्ध छ। बसमा ब्रेकफास्ट तथा लन्चको सुविधा समेत उपलब्ध छ। साथै यात्रुको सुविधाका लागि बस क्रियु खटिनेछिन्। बस दैनिक बिहान ८ बजे काठमाडौं र पोखराबाट छुट्ने कम्पनीले बताएको छ । 

कम्पनीले बसमा यात्रा गर्न जम्मा २२ सय रुपैयाँ भाडादर कायम गरेको छ । खुद भाडादर ६ सय ५० रुपैयाँ रहेको उक्त बसमा खाना बफेडको ५ सय ५० रुपैयाँ, खाजाको १ सय ५० रुपैयाँ, क्रियु सर्भिस शुल्क ५० रुपैयाँ, काउज सिड शुल्क २ सय रुपैयाँ, मनोरञ्जन शुल्क २ सय ५० रुपैयाँ, चिया, कफी, चिसो तथा चकलेट शुल्क २ सय रुपैयाँ, रेष्टरुम शुल्क ५० रुपैयाँ सहित जम्मा भाडादर २ हजार २ सय रुपैयाँ तय गरिएको कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo