केण्डी, श्रीलंका, ७ असोज । विवाहमा साढे तिन किलोमिटर लामो साडी लगाएर बालबालिकालाई बोक्न लगाएको अभियोगमा एक दुलहा र दुलहीलाई पक्राउ गरिएको छ ।
केण्डीमा भएको एक विवाहमा दुलहीले साढे तिन किलोमिटर लामो साडी लगाएर दुलहासंग सडकमा हिडेर आफ्नो रवाफ देखाएकी थिईन् । उनले लगाएको साडीलाई एक स्कुलका २ सय ५० बालबालिकाले बोकेका थिए । यो साडीलाई श्रीलंकामा अहिलेसम्म भएको विवाहमा सर्वाधिक लामो समेत मानिएको छ । विवाह समारोहमा दुलहा र दुलहीलाई फुलको बर्षा लगाउन अर्को १ सय बालबालिकाहरुलाई समेत प्रयोग गरिएको थियो । 
श्रीलंकाको कानून अनुसार कुनै पनि समारोहमा बालबालिकालाई प्रयोग गर्न बन्चित गरेको छ । श्रीलंकाका केही राजनेताहरुलाई समेत बोलाएर आयोजना भएको यस्तो विवाह समारोह प्रति बालअधिकार कर्मीहरुको ध्यान आकृष्ठ भएको थियो । जसको कारण दुलहा र दुलहीलाई बालबालिकाको प्रयोगको अभियोगमा पक्राउन गरिएको छ । यो कानून अनुसार कुनै पनि ब्यक्ति दोषी देखिएमा १० बर्षसम्मको सजाय हुने ब्यवस्था रहेको छ । विद्यालय पोशाकमै बालबालिकाको प्रयोगलाई अझ कडाई गरिएको छ । बालअधिकारको क्षेत्रमा कार्यरत एनसिपिएका अध्यक्ष मारिनी डि सिल्भाका अनुसार बालबालिकालाई पढाईमा बाधा पुर्याउने, उनीहरुको सुरक्षामा अप्ठ्यारो ल्याउने र उनीहरुको प्रतिष्ठामा आँच पुर्याउने विरुद्ध अपराधिक अभियोग लगाउन मिल्ने कानून रहेको छ । एजेन्सी





























प्रतिक्रिया