काठमाडौं उपत्यकामा १ हजार ६२२ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १ हजार ६२२ कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना कोरोना संक्रमित भेटिएका छन् ।

यससँगै, काठमाडौंमा ६३ हजार ५१, ललितपुरमा ८ हजार ८८२ र भक्तपुरमा ५ हजार ७६९ संक्रमित पुगेको छ । उपत्यकामा कूल संक्रमितको संख्या ७७ हजार ७०२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । आज २ हजार ८२४ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ६२० छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १३ हजार २३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ५६ हजार ३६६ रहेको छ । आज ३७ हजार ७६५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo