कण्डमको विज्ञापन हटाइए पनि बिक्री बढेको बढ्यै

कण्डमको विज्ञापन हटाइए पनि बिक्री बढेको बढ्यै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६ असोज । दसैंको अवसर पारेर गुजरातका सडकहरुमा राखिएको सनी लियोनी अभिनित एक कण्डमको होर्डिङ बोर्ड विज्ञापन प्रति हिन्दु संगठनले विरोध जनाएर हटाएपनि कण्डमको बिक्रीमा भने ब्यापक बृद्धि भएको छ ।

भारतमा मनाईने नवरात्रीको अवसर पारेर म्यान फोर्स कण्डम कम्पनीले गुजरातका विभिन्न सडकहरुमा गुजराती भाषामा ‘आ नवरात्री ए रामो, परानतु प्रेमथी’ अर्थात् ‘नवरात्रीमा रमाऔं तर प्रेम पूर्वक’ लेखेर सनी लियोनीको फोटो सहितको होर्डिङ बोर्डहरु विभिन्न स्थानमा राखेको थियो । हिन्दु भावनालाई ठेस पुर्‍याएको कारण हटाउन लागेको हिन्दु संगठनले बताए । तर यसको विपरित बजार तर्फ हेर्ने हो भने अहिले गुजरातमा कण्डमको बिक्री ३५ प्रतिशतले बढी भएको छ । साथै अन्य केही गर्भ निरोधक औषधिहरुको बिक्री पनि बढेको जनाइएको छ ।

गुजरात स्टेट फेडरेसनको केमिष्ट एण्ड ड्रग एसोसिएसनका अध्यक्ष जशवन्त पटेलका अनुसार चाडपर्वको अवसरमा गर्भ निरोधक सामग्री र औषधिहरुको माग सधै बढ्ने गर्छ । तर यसपटक पर्व आउनु भन्दा अगाडी देखिनै मागहरु बढ्न थालेको छ । अहिले गुजरातमा कण्डमको माग अत्याधिक बढ्न थालेपछि पान पसलेहरुले पनि राती अवेरसम्म पसल खोलेर कण्डमको बिक्री गर्न थालेका छन् ।

गुजरातमा कण्डम र गर्भनिरोधक औषधिहरुको मासिक कारोवार २ करोड भारु भन्दा बढी हुने गरेको छ । चाडपर्वको अवसरमा यसको बिक्री औसत ३५ प्रतिशत बढ्ने हुनाले पनि विभिन्न कम्पनीहरु आफ्नो उत्पादनलाई थप प्रचारमा ल्याउन चाहिरहेका हुन्छन् । जसको मारमा सनी लियोनी अभिनित कण्डमको विज्ञापन होर्डिङ बोर्ड परेपनि ब्यापारलाई भने फाइदै पुगेको छ । एजेन्सी

Skip This
Skip This
Logo