काठमाडौं, ६, असोज

०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्प पीडितको दसैं यस पटक पनि टहरामै बित्ने भएको छ । "/>

सात लाख भूकम्प पीडित यसवर्ष पनि टहरामै दशैं मनाउँदै

सात लाख भूकम्प पीडित यसवर्ष पनि टहरामै दशैं मनाउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६, असोज

०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्प पीडितको दसैं यस पटक पनि टहरामै बित्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेलले दसैं अघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने घोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरे मध्ये आधा घर पनि बनेनन् ।

प्राधिकरणको तथ्यांक अनुसार बुधबार सम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राही सूचीमा परेका मध्ये सात लाख भन्दा बढी पीडितको यसपटकको दसैं टहरामै बित्ने यो तथ्यांकले पुष्टि गरेको छ । प्राधिकरणको लाभग्राही सूचीमा सात लाख ६५ हजार ६ सय १८ घरधुरी सूचीकृत छन् । सिइओ पोखरेलले घोषणा गरेको संख्यामा पीडित घर भित्रिन त सकेनन् नै, घर निर्माण सुरु गर्ने लाभग्राहीको संख्या समेत मुस्किलले एक लाख नाघेको छ । बुधबार सम्म एक लाख २५ हजार नौ सय ९० लाभग्राहीले घर बनाउन सुरु गरेका छन् । यो संख्या उनले घोषणा गरे भन्दा २४ हजार कम हो ।
नागरिकबाट

Logo