काठमाडौं, ५ ,असोज
सरकारले गोपाल खड्काको वर्खास्ती पछि नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा उपसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी दिएको छ। अर्को व्यवस्था नभए सम्म आचार्यलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले बताए। करिब डेढ अर्ब रुपैयाँ अनियमितताको आरोप लागेका खड्कालाई सरकारले बर्खास्त गरेपछि निगममा निर्देशक पद खालि भएको थियो। आचार्यलाई मन्त्रिस्तरको निर्णयबाट कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।
नागरिकबाट































प्रतिक्रिया