जनकपुरधाम, ५ ,असोज
निकै सुस्त गतिमा भइरहेको धनुषा जिल्लाको मतगणनाको परिणाम विस्तारै आउन थालेको छ। १८ वटा स्थानीय तह मध्ये एउटा नगरपालिकामा राजपा नेपालले मेयर र उपमेयरमा जित हासिल गरेको छ भने अरु स्थानीय तहको मतगणना कार्य जारी छ। "/>

जनकपुरमा राजपाको अग्रता कायमै

जनकपुरमा राजपाको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम, ५ ,असोज
निकै सुस्त गतिमा भइरहेको धनुषा जिल्लाको मतगणनाको परिणाम विस्तारै आउन थालेको छ। १८ वटा स्थानीय तह मध्ये एउटा नगरपालिकामा राजपा नेपालले मेयर र उपमेयरमा जित हासिल गरेको छ भने अरु स्थानीय तहको मतगणना कार्य जारी छ। जिल्लाको हंसपुर नगरपालिकामा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमयेरमा विजयी भएका छन्। जनकपुर उपमहानगरपालिकामा राजपा नेपालले प्रारम्भिक मतगणनामा लिएको अग्रता कायम नै रहेको छ। राजपा मेयर पदमा ४६८९ र नेपाली कांग्रेस १९५६ मत प्राप्त गरी प्रतिस्पर्धामा रहेका छन् । क्षिरेश्वरनाथ नगरपालिकामा कांग्रेस १७९५ मतका साथ अगाडि छ भने संघिय समाजवादी फोरम १७१७ मत प्राप्त गरी पछ्याइरहेको छ। विदेह नगरपालिकामा माओवादी केन्द्रले मेयरमा ९०२ र उपमेयरमा ७६४ मत ल्याएको छ भने एमाले मेयरमा ५७६ र उपेयरमा ७९१ मत ल्याएर पछ्याइरहेको छ।
अन्नपूर्णपोष्टबाट

Logo