राजविराज, ४, असोज
राजविराज नगरपालिका–१५ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडाध्यक्षमा जशकरण मण्डलले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि राजपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका ६५ वर्षीय महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रम अनुसार राजपाको तर्फबाट हिजो मण्डलले मनोनयन दर्ता गराएका हुन् । सो वडाको निर्वाचन भोली असोज ५ गते हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रासस































प्रतिक्रिया