शान्तिनगर सडक दुर्घटनामा मकवानपुरे युवकको मृत्यु

शान्तिनगर सडक दुर्घटनामा मकवानपुरे युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३ असोज ।

गए सोमबार राति काठमाडौं मीनभवननजिकै शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ ।

चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका क्रममा बा७च ६२०७ नं को टाटा मोबाइलले ठक्कर दिई गम्भीर घाइते भएकामा उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी साधन र चालक प्रहरी नियन्त्रणमा छन् । रासस

Skip This
Skip This
Logo