पोखरा, ३ असोज
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई दुई लाख २६ हजार ६१५ नगद सहित पक्राउ गरेको छ । "/>

जुवाको खालबाट २ लाख बरामद

जुवाको खालबाट २ लाख बरामद

केन्द्रबिन्दु
0
Shares

पोखरा, ३ असोज
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई दुई लाख २६ हजार ६१५ नगद सहित पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगा स्थित शमशेरगुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा गएको प्रहरी टोलीले वडा नं १६ का बालकृष्ण गुरुङ, ओमबहादुर गुरुङ, इमानसिंह गुरुङ, वडा नं १ बगरका शेरबहादुर गुरुङ, वडा नं १४, चाउथेका यामबहादुर गुरुङ र घरधनी शम्शेर गुरुङलाई पक्राउ गरिएको प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ गरिएका सबैलाई जिल्ला अदालत कास्कीबाट सोमबारै जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
रासस

Logo