काठमाडौं,३, असोज
लामो समयको रस्सा कस्सी र २ पटकको संविधानसभा निर्वाचन पछि संघिय नेपालको नयाँ संविधान जारी भएको आज असोज ३ गतेबाट २ वर्ष पुगेर ३ वर्ष लागेको छ । ०७२ असोज ३ गते तत्कालिन प्रधानमन्त्री स्व. शुशिल कोइरालाको पालामा संविधान जारी भएको थियो । तत्कालिन राष्ट्र्पति रामवरण यादवले संविधान जारी गरेका थिए । उक्त संविधान जारी भएको २ वर्षमै पटक पटक संशोधन भइसकेको छ भने अझै संसोधन गर्नु पर्ने विभिन्न राजनितीक दलहरुले माग गरिरहेका छन् । आज सरकारले सार्वजनिक विदा दिएको छ ।































प्रतिक्रिया