बनेपा, २ असोज । मिस काभ्रेको नवौं संस्करणको उपाधि स्नेहा प्रधानाङ्गले जितेकी छिन् । स्नेहाले मुख्य उपाधि सहित वेष्ट ड्रेस र मोष्ट कन्फिडेन्टको उपाधि समेत हात पारिन् ।
मिस काभ्रे–२०१७ को प्रतिस्पर्धामा मोनिका के.सीले ब्युटिफुल स्माइलको उपाधि सहित फष्ट रनरअप भइन् भने पुनम नापितले मिस डिसिप्लेनको उपाधि सहित सेकेण्ड रनर्सअप भइन् ।
बौद्धिकता सहितको सौन्दर्य भन्ने नाराका साथ आयोजना भएको यो सौन्दर्य प्रतियोगितामा अनुषा श्रेष्ठले भ्युअर च्वाइस र वेष्ट ट्यालेन्ट, दिया तामाङले ब्युटिफुल कम्प्लेक्सन र उस्मिता कायस्थले मिस फोटोजेनिकको उपाधि पाएकी थिइन् । यसैगरी अविना श्रेष्ठले इनरजेटिक, संगिता गुरुङले मिस पर्सनालिटी र सिम्रिका देउजाले वेष्ट वाकमा उपाधि हात पारेकी थिइन् ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको यो प्रतियोगिताको कोरियोग्राफी राज फैजुले गरेका थिए । प्रतियोगिताको शिर्ष उपाधि जित्ने विजेतालाई विभिन्न विज्ञापनमा अभिनय गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएका छन् ।































प्रतिक्रिया