सजाय तोकी फरार रहेका तीन अभियुक्त पक्राउ

सजाय तोकी फरार रहेका तीन अभियुक्त पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । मोरङ, २ असोज ।

अदालतद्वारा सजाय तोकिएर पनि फरार रहेका विभिन्न मुद्दाका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

अहिले देशभरि नै अदालतद्वारा सजाय तोकी फरार रहेका अभियुक्त पक्राउ गर्ने अभियानलाई प्रहरीले तीव्रता दिएको छ । त्यसै अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङद्वारा खटिएको टोलीले सोमबार तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ३२ वर्षीय भागवत चौधरी, जदह गाउँपालिका–२ बस्ने २१ वर्षीय नवीन यादव र विराटनगर–१५ बस्ने २४ वर्षीय अनिल सहनी छन् ।

जिल्ला अदालत मोरङले चौधरी सवारी ज्यान मुद्दामा २ हजार रुपैयाँ तथा १७ दिन कैद, यादव सार्वजानिक मुद्दामा १ हजार ७ सय ७५ रुपैयाँ जरिवाना र सहनी सोही मुद्दामा १८ सय जरिवाना तथा सजाय तोकेको थियो । पक्राउ परेका तीनै जनालाई सोमबार नै अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Skip This
Skip This
Logo