वीरगञ्ज, २ ,असोज
पर्सा जिल्लामा आज बिहान ७ बजे देखि नै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ ।  जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको मतदान शान्तिपूर्ण रुपमा शुरु भएको हो । "/>

पर्सामा पनि शान्तीपूर्ण रुपमा मतदान शुरु

पर्सामा पनि शान्तीपूर्ण रुपमा मतदान शुरु

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज, २ ,असोज
पर्सा जिल्लामा आज बिहान ७ बजे देखि नै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ । जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको मतदान शान्तिपूर्ण रुपमा शुरु भएको हो ।
वीरगञ्ज महानगरपालिका–३ मा रहेको मालपोत कार्यालयको मतदान केन्द्रबाट ८७ वर्षीय वृद्ध असलम अन्सारीले मतदान गरी आफ्नो मताधिकारको प्रयोग गरेका छन् । यसैगरी सोही मतदान केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले आफ्नो मताधिकारको प्रयोग गरे। जिल्लामा दुई लाख ८० हजार २१२ जना मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न बिहानै देखि मतदान केन्द्रमा जम्मा हुने क्रम बढ्दै गएको छ । सुरक्षा व्यवस्था अति नै कडा पारिएपछि मतदाता निर्धक्क भई शान्तिपूर्ण रुपमा मतदान गरिरहेका सुरक्षा अधिकारीहरुले बताएका छन् । जिल्लामा १६७ मतदान स्थल र ३४४ मतदान केन्द्रबाट मतदातामा आफ्नो मत हाल्न शुरु गरेका छन् ।
रासस

Skip This
Skip This
Logo