असोज, २,तुलसीपुर
तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिन थालेको छ । उपमहानगरपालिकाले सुत्केरी स्याहार तथा पोषण भत्ता कार्यविधि पारित गरी सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता पु¥याउने निर्णय गरेको थियो । आइतबार उपमहानगरपालिका कार्यालयमा कार्यक्रम गरी सुत्केरी भत्ता वितरण थालिएको हो । उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले शिशु मृत्युदर घटाउन तथा बच्चा र आमाको पोषण अनि स्याहारका लागि पाँच हजार भत्ता दिन सुरु गरेको बताए । ‘बच्चा र आमाको पोषण व्यवस्थापनमा सहयोग होस् अनि एक हजार दिनसम्म बच्चाले पोषणयुक्त खाना पाउन सकोस् भनेर पाँच हजार भत्ता दिन थालेका हौं’, मेयर पाण्डेले भने, ‘यो मेरो निर्वाचनको बाचा पनि थियो त्यो पूरा गरेको छु ।’
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया