असोज, २,पर्वत
पर्वतको मोदी गाउँपालिका–८ चित्रेमा नेपाल विद्युत प्राधिकरण ११ केभिएको हाइटेन्सन लाईन चुँडिदा २ स्कुले बालिका सहित १३ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको छ । आइतबार दिउँसो ४ बजे विद्युत प्रवाह भइरहेको लाइन चुँडिएर घरमा वितरण गरिएको तल्लो लाइनमा करेण्ट प्रवाह हुँदा १३ जना घाइते भएका थिए । चित्रेको ओडारे, स्यानी उकाली र तोरिस्वाँरा गरी छुट्टाछुट्टै स्थानमा करेण्ट प्रवाह भएको थियो । करेण्ट अनियन्त्रित हुँदा पैदल यात्रु, दुई स्कुले विद्यार्थी सहित १३ जना घाइते भएका हुन् ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया