रुकुम , १, असोज
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्र आफ्नै अहंकारले तेश्रो बनेको बताएका छन् । "/>

हामी आफ्नै अहंकारले तेश्रो पार्टी बन्यौं :अध्यक्ष दाहाल

हामी आफ्नै अहंकारले तेश्रो पार्टी बन्यौं :अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

रुकुम , १, असोज
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्र आफ्नै अहंकारले तेश्रो बनेको बताएका छन् ।

पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको रुकुमकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने –“जनयुद्धमा जनताका बीचमा हामी थियौँ, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौँ, शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताका बीचमा जानुपर्ने हो, त्योअनुरुप जान सकिएन, फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणाम आएन, तर पनि हाम्रो ऐजेण्डाले जितेको छ ।” अध्यक्ष दाहालले भने “आफूहरुले चलाएको जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार भएको छ, कसैले माने पनि नमाने अहिलेको स्थानीय तह हिजोका जनसत्ता नै हुन्, तपाईंहरु राम्रोसँग बुझ्नुहोला, अनि काम पनि त्यसरी नै गर्नुहोला”

“अब काँग्रेस, एमालेले जिते पनि संघीयता खारेज गर्छु भन्न सक्ने अवस्था छैन”– उनले भने, “एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनतामा निरास हुनसक्ने भएकाले अब सबै माओवादी शक्ति मिल्नुपर्ने समय आएको छ ।” अध्यक्ष दाहालले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दावी गर्दै पछिल्लो समयमा मधेश, तराई, पहाड र हिमाल सबै तिर माओवादी केन्द्रमा फर्कनेको ठूलो लहर रहेकाले अब हुने निर्वाचनमा यो ठूलो पार्टी हुने समेत बताए । “केही समय पहिले एउटा दलका ठूलै नेताले रुकुममा लोकतन्त्र अझै आएको छैन भन्नुभयो तर म भन्छु रुकुममा असली लोकतन्त्र आएको छ,” उनले भने, “रुकुमेली जनताले सिङ्गो नेपाललाई उत्साहित बनाएका छन्, अहिले तपाईंहरुले स्थानीय सरकार चलाइरहनु भएको छ, दम्भ नदेखाउनु होला ।” अध्यक्ष दाहालले पूर्वी रुकुमको आर्थिक, सामाजिक र रानीतिक विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने घोषणा पनि गरेका थिए। रासस

Skip This
Skip This
Logo