कार्यकर्ता अपहरणमा परेपछि थवाङ पुगे प्रचण्ड

कार्यकर्ता अपहरणमा परेपछि थवाङ पुगे प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, ३१ भदौ ।  थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थवाङ पुगेका छन्। 

शुक्रबार राती विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले घर्तिलाई अपहरण गरेका थिए। थवाङ—२ स्थित ससुराली घरमा सुतिरहेको अवस्थामा उनको अपहरण गरिएको थियो। शनिबार बिहान थवाङ पुगेका दाहालले आजै रुकुम र रोल्पा जिल्लामा आयोजित सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ।

नेकपाले भने सोधपुछका लागि घर्तीलाई जनताले नियन्त्रणमा लिएको जनाएको छ ।

Skip This
Skip This
Logo