दश वर्षपछि अभियुक्त पक्राउ

दश वर्षपछि अभियुक्त पक्राउ

केन्द्रबिन्दु
0
Shares

इनरुवा, ३१ भदौ । सुनसरीका देवनन्दन मेहताको हत्या गरेर फरार एक अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले साविक कप्तानगञ्ज गाविस–६ का मेहताको हत्या गरेर फरार रहेका तीन अभियुक्तमध्ये भारत, अररिया जिल्ला नवागञ्ज गाउँ पञ्चायत कोसकापुरका अल्लाउदिन मियाँलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । 

मियाँलाई २०६५ साल कात्तिक ९ गते मेहतालाई गोली हानेर हत्या गरी फरार भएको अभियोग लगाइएको छ । प्रहरीले खोजअनुसन्धान जारी राखेका बेला जिप्रका सुनसरी र इप्रका देवानगञ्जको टोलीले सीमामा लुकीछिपी बस्दै आएका मियाँलाई पक्राउ गरेको हो । 

अभियुक्त मियाँलाई सुनसरी जिल्ला अदालतबाट कानूनअनुसार म्याद थप गरी अनुसन्धान जारी रहेको छ । माझीले अभियुक्त मियाँ हत्यामा संलग्न रहेको पुष्टि भएको र थप फरार पाचु मियाँ र कमाल मियाँको पनि खोजी भइरहेको बताउनुभयो । रासस

Skip This
Skip This
Logo