सन्धिखर्क,३०, भदौ
अर्घाखाँचीमा नरभक्षी चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा मानिसलाई चितुवाको आक्रमण नरोकिएपछि चितुवा मार्न प्रहरी परिचालन गरिएको हो । चितुवाबाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले बिहीबारदेखि चितुवा मार्नका लागि विशेष टोली परिचालन गरेको छ ।गएको मंगलबार साँझ सन्धिखर्क नगरपालिका ७ प्रगतिनगरका ४ वर्षीय मनिष केसीलाई चितुवाले खाएपछि जिल्ला सुरक्षा समितिको आपतकालीन सुरक्षा बैठकले चितुवा नियन्त्रणमा लिनका लागि सेना र प्रहरी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानकारी दिए ।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया