२९, भदौ, काठमाडौं
‘आँखा बैंक’ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शव दाहगृह सम्म आफ्नो कार्यक्रम पुर्याएको हो । आँखादान गर्नेको संख्या आधा लाख भन्दा बढी भए पनि सो संख्या अनुसार नानी प्राप्त गर्न नसकेपछि नेपाल आँखा अस्पतालद्वारा सञ्चालित बैंकले संकलन कार्यलाई आर्यघाट केन्द्रित गरेको जनाएको छ ।
नेपाल आँखा बैंकका अनुसार हाल महिनामा ६० आँखाको नानीको प्रत्यारोपण हुने गरेको छ । अस्पतालका अनुसार हाल सम्म ६० हजारले आँखाको नानी दान गर्न इच्छा जाहेर गरिसकेका छन् । तर दान गर्नेबाट कति संकलन भयो, त्यसको कुनै तथ्यांक नभएको बताइएको छ। सञ्चालन भएयता अस्पतालले १० हजार तीन सय ९० वटा आँखाको नानी संकलन गरी प्रत्यारोपण गरेको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया