२८, भदौ, काठमाडौँ
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टा भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । उपसभामुख यादवलाई सप्तरीमा निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेको सन्दर्भमा आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्पष्टीकरणमा भनिएको छ, “व्यवस्थापिका–संसद्को उपसभामुख पदमा आसिन व्यक्तिले यसरी आचारसंहिता विपरीत चुनाव प्रचारप्रसार गरे बापत यहाँलाई कारबाही हुनु पर्ने हो होइन ? २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।” त्यस्तै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई निर्वाचन आचारसंहिता विपरीत नेपाली काँग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित भएकामा आयोगले स्पष्टीकरण सोधेको हो ।
रासस





























प्रतिक्रिया