गुल्मी मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गुल्मी मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । गुल्मी, २७ भदौ ।

मोटरसाइकल दुर्घटना हुँदा आज बिहान रुरु गाउँपालिका– ३ निवासी २३ वर्षीय राजु सारुको मृत्यु भएको छ ।

राष्ट्रिय समाचार समितिले जनाएअनुसार, ना १७ प २४८१ नंको मोटरसाइकलमा सवार सारु सदरम्ुकाम तम्घासबाट रिडी जाने क्रममा आज बिहान रुरु गाउँपालिका– ३ स्थित फलाटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताए ।

दुर्घटनामा परी घाइते सारुको रुरु स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा उनीसँगै सवार रुरु गाउँपालिका– ३ निवासी २१ वर्षीय ईश्वरी रावतसमेत घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको थियो ।

Skip This
Skip This
Logo