काठमाडौं ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचार झन् बढ्दै गएको देखिएको बताएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्दै नेपालमा भ्रष्टाचार झन बढ्दै गएको देखाएको हो ।
१८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले यस वर्ष नेपालमा भ्रष्टाचार बढेको बताएको छ । गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) थियो ।
सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारीमाथि कारवाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै रहेकोले नेपालमा भ्रष्टाचार बढ्दै गएको देखाएको छ ।
विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउण्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरि ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको हो ।































प्रतिक्रिया