भदौ, २७ , काठमाडौं
तेस्रो चरणको चुनावका लागि आवश्यक मतपत्र प्याकिंगको काम गरिंदै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र प्याकिंगको काम अन्तिम चरणमा पुगेको बताएको छ मुख्य निर्वाचन अधिकृत किरण कुमार पोखरेलले प्याकिंग हुनासाथ भदौ ३० भित्रै सबै मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझिसक्ने बताए । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र मात्र दिने र जिल्ला निर्वाचन कार्यालयले मसलन्द उपलब्ध गराउने बताए ।आसन्न तेस्रो चरणको निर्वाचनको लागि आएको मतपत्रको सुरक्षा मख्य निर्वाचन अधिकृतको मातहतमा नेपाली सेना गरेको छ । प्रत्येक केन्द्रमा मतदाताको संख्या अनुसार मतपत्र छुट्याउन लागेको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । मतपत्र मतदान केन्द्रसम्म पु¥याउन र त्यहाँको सुरक्षाका लागि सुरक्षाको विशेष टोली तैनाथ गरिएको उनले बताए ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया