एक करोड शिवलिङ्गको पूजा गरिने

एक करोड शिवलिङ्गको पूजा गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २६ भदौ । श्री मानस तथा बोलबम परिवारले जनकपुरमा एक करोड शिवलिङ्गको पूजा आयोजना गर्ने भएको छ । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका अध्यक्ष ललन ठाकुरले त्यस पूजामा नेपाल र भारतका भक्तजन आउने जानकारी दिनुभयो । 

यही कात्तिक २२ गते जनकपुरमा आयोजना हुने त्यस कार्यक्रममा ११ दिनको कठोर यात्रा गरी नेपालका १० हजार तथा भारतका आठ हजार भक्तजनको उपस्थिति रहने तथा पूजाका लागि ७०० पुजारीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

भारतबाट नेपाल आउनुभएका पुरोहित अभयकान्त मिश्रले विश्वमा शान्ति खलबलिएको र हिंसाका घटना बढ्दै गएका बेला नेपालमा आयोजना हुने एक करोड शिवलिङ्ग पूजा महत्वपूर्ण रहेको बताउनुभयो । 

सो संस्थाका अनुसार पूजामा भाग लिन आउने भारतका अतिथिलाई खाने, सुत्ने व्यवस्था मिलाइएको र सुरक्षाको व्यवस्था सरकारले गर्ने जनाइएको छ । रासस 

Skip This
Skip This
Logo