दूधकौसिका गाउँपालिकाको नाम अव थुलुङ दूधकोशी

दूधकौसिका गाउँपालिकाको नाम अव थुलुङ दूधकोशी

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु, २६ भदौ । सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । 

गाउँपालिकाको आइतबार सम्पन्न पहिलो गाउँसभाले दूधकौसिका नाम परिवर्तन गरी थुलुङ दूधकोशी राखेको वडा नं ७ का अध्यक्ष रामसंघर्ष थुलुङले जानकारी दिनुभयो । 

सो गाउँपालिकाको नाम स्थानीय तह पुनःसंरचनाका बेला पनि थुलुङ दूधकोशी राख्नका लागि थुलुङले माग गरेका थिए । तर गैर थुलुङको विरोधका कारण त्यसबेला दूधकौसिका राखिएको थियो । नाम परिवर्तनलाई नै मुख्य नारा बनाएको माओवादी केन्द्रले अध्यक्ष पद जितेको थियो । 

गाउँसभाले नाम परिवर्तन गर्ने निर्णय गर्दै सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । सो सिफारिसका आधारमा सरकारले नाम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरेपछि मात्र नाम परिवर्तन हुने व्यवस्था रहेको छ । रासस 

Skip This
Skip This
Logo