धनगढी, भदौ, २६

प्रदेश नम्बर ७ स्थित भोकमरी हुने पहाडी जिल्लाका बासिन्दाले यसवर्ष चाडपर्व ढुक्कसँग मनाउन पाउने भएका छन् । "/>

सुदुर पश्चिममा यस वर्ष चार्डपर्वमा खाद्यान्न संकट नहुने

सुदुर पश्चिममा यस वर्ष चार्डपर्वमा खाद्यान्न संकट नहुने

केन्द्रबिन्दु
0
Shares

धनगढी, भदौ, २६

प्रदेश नम्बर ७ स्थित भोकमरी हुने पहाडी जिल्लाका बासिन्दाले यसवर्ष चाडपर्व ढुक्कसँग मनाउन पाउने भएका छन् । सम्बन्धित जिल्लामा खाद्यान्न मौज्दात पर्याप्त रहेकाले चाडपर्वको बेला अभाव नहुने बताइएको छ । भोकमरी हुने जिल्लामा वर्षातका बेला चामल ढुवानी गर्न नपाइए पनि पहिल्यै गएको चामल डिपोमा पर्याप्त मात्रामा मौज्दात रहेको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय, धनगढीले जानकारी दिएको छ ।

भोकमरी हुने पहाडी जिल्लामा यो वर्ष अहिलेसम्म खाद्यान्न अभाव नभएको र चाडपर्वको बेला पनि त्यस्तो समस्या नआउने संस्थानका सहायक प्रमुख जगतबहादुर कुँवरले बताए । उनका अनुसार यो वर्ष अहिलेसम्म खाद्यान्न अभाव समस्या उत्पन्न भएको छैन । चाडपर्वका बेला पनि अभाव हुँदैन, उनले भने, पहाडका जिल्लावासीले ढुक्कसँग पर्व मनाउन पाउनेछन् ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo