मोरङ, भदौ ,२६
जिल्लाको बेलबारी–१ की सरिता ऋषिदेव उमेरले १८ वर्ष पुगेकी छिन् । १२ वर्ष लाग्दै गर्दा उनको गंगा ऋषिदेवसँग विवाह भएको थियो । अहिले उनी ६ र ४ वर्षका दुई छोराकी आमा बनेकी छिन् । मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ । तर कानुन कागजमै सिमीत बन्दा यहाँ बालविबाह रोकिएको छैन ।
किशोरावस्थामा रहेकी सरिता भने परिपक्व आमा बनिसकेकी छिन् । भूमिहीन सरिता ज्याला–मजदुरी गरेर ६ र चार वर्षका छोराहरू विशाल र विकासको भरणपोषण गरिरहेकी छिन् । सरिताका श्रीमान् गंगा कृषि मजदुरी गर्छन् । हालैको बाढीले उनीहरू बस्दै आएको छाप्रो बगाइदिएको छ । दैनिक मजदुरी गरेर जीविका चलाउने सरितासँगै अन्य पाँच घरपरिवार हाल बेलबारी–१ को अमनासिसौली सामुदायिक वन क्षेत्रमा शरण लिइरहेका छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया