काठमाडौं, भदौ ,२६
विनासकारी भूकम्प गएको २८ महिना बिति सक्दा पनि एक लाख २० हजार भूकम्पपीडितसँग अझै अनुदान सम्झौता हुन सकेको छैन । यसकारण उनीहरु सरकारबाट पाउने अनुदान लिने प्रक्रियाबाटै वञ्चित भएका छन् ।
भूकम्पपछि गरिएको सर्वेक्षणबाट सरकारले तयार पारेको लाभग्राही सूचीमा उनीहरुको नाम छ । तर जग्गाको लालपुर्जा लगायत विभिन्न समस्याका कारण उनीहरुले सरकारसँग अनुदान सम्झौता गर्न पाएका छैनन् । सरकारले भूकम्प प्रभावित ३१ जिल्लामा ७ लाख ४९ हजार ८ सय ९८ लाभग्राही पहिचान गरेको छ । ती मध्ये ६ लाख ३२ हजार ४५ जनासँग मात्र अनुदान सम्झौता भएको छ । १ लाख १७ हजार ८५३ लाभग्राहीसँग सम्झौता हुन बाँकी छ । यी मध्ये जग्गा समस्याका कारण ५४ प्रतिशतसँग सम्झौता हुन नसकेको हो ।
नागरिकबाट































प्रतिक्रिया