‘सामान्य भनेर छाडिएका कुराबाट विकराल भ्रष्टाचार’

‘सामान्य भनेर छाडिएका कुराबाट विकराल भ्रष्टाचार’

केन्द्रबिन्दु
0
Shares

नुवाकोट, २४ भदौ । जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान शुरु भएको छ । 

जिल्लामा रहेका आठ संस्थाले संयुक्त रुपमा सो अभियानको शुरुवात गरेका हुन् । सदरमुकाम विदुरमा शुक्रबार भएको कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरकारी कर्मचारीले सार्वजनिक रुपमा भ्रष्टाचारविरुद्धको अभियानपत्रमा हस्ताक्षर गरेर अभियानको शुरुवात गरेका हुन् । नागरिकको बढी चासो रहने र कामकाज हुने निकायमा आर्थिक लेनदेन तथा समयको भ्रष्टाचार हुँदै आएकामा सचेत नागरिकले चिन्ता व्यक्त गरेका छन् । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जिल्लालाई भ्रष्टाचारमुक्त बनाउनका लागि आफू सक्रिय हुने बताए । उनले भने, “सामान्य भनेर छाडिएका कुराबाट विकराल भ्रष्टाचार हुने गरेको छ । सामान्य कुरामा पनि नागरिकले आवाज उठाउन थाले मात्रै भ्रष्टाचारमुक्त जिल्ला बन्ने परिकल्पना साकार हुन्छ ।” 

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जनप्रतिनिधिहरु भ्रष्टाचारमुक्त जिल्लाको अभियानमा लागिरहेको र त्यसमा सबै निकाय, संघसंस्था र नागरिकको साथ आवश्यक पर्ने बताउनुभयो । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले सरकारी क्षेत्रमा मात्र नभई गैरसरकारी क्षेत्रमा समेत भ्रष्टाचार हुने गरेको तर्फ कम ध्यान जाने गरेको बताउनुभयो 
यसलाई अभियानका रुपमा निरन्तर सञ्चालन गरिने सिडिसी नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताए ।

सो अभियान इन्सेक, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल, नुवाकोट बार, सामुदायिक विकास केन्द्र, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल नागरिक समाज नुवाकोटलगायत संस्थाले संयुक्त रुपमा अघि बढाएका हुन् । रासस

Skip This
Skip This
Logo