लहान, भदौ २४,
तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीन जना एमबिबिएस एमडी डाक्टर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । बिरामीको उपचार गर्दै आएका तीनै जना एमबिबिएस एमडी डाक्टर चुनावी एजेण्डा सहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक बन्नपुगेको छ ।
नेपाली काँग्रेसबाट डा. सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा.नवीन यादव र नयाँ शक्ति पार्टीबाट डा. दिलीप सदा सिरहा नगरपालिकाको प्रमुख पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका तीनै जना डाक्टर बीच नै कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीले लख काट्न थालेका छन् । चुनावी प्रतिस्पर्धामा देखिएका तीनै जना डाक्टरले आफ्नो जीत सुरक्षित रहेको बताउदै आएका छन् । तीनै जनाले आफूहरुले चुनाव जिते नगरपालिकाको विकास निर्माणको गतिलाई तीवता दिने बताए ।
गोरखापत्रबाट































प्रतिक्रिया