काठमाडौं, २४, भदौ
एलपी ग्याँस खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । "/>

‘नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्न माग’

‘नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्न माग’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २४, भदौ
एलपी ग्याँस खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नेपाली नम्बर प्लेटका बुलेटलाई चाँडो सञ्चालन गर्नुपर्ने बताएका हुन्। बैठकमा उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले नेपाली बुलेट सञ्चालनमा ढिलाइ भएकाले यस विषयमा वाणिज्य, आपूर्ति र परराष्ट्र मन्त्रालयलाई संयुक्त छलफलका लागि बोलाइने बताए। उनले समितिले दिएको निर्देशनलाई आपूर्ति मन्त्रालयले पालन नगरी आफ्नो दायित्वबाट भाग्न खोजेको आरोप समेत लगाए। नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आयल निगमले नेपाली नम्बरप्लेटका बुलेट सञ्चालनका लागि भारतीय पक्षलाई पटक–पटक आग्रह गरे पनि उनीहरुले बेवास्ता गरेको आरोप लगाए ।

ग्याँस व्यवसायी सङ्घका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले आयाल निगमले ०७२ असोज ८ गते ७७५ नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनमा स्वीकृति दिए पनि अहिले सम्म सञ्चालन हुन नसक्नु सरकारको कमजोरी भएको बताए । उनले १५ दिन सम्म नेपाली नम्बर प्लेट बुलेट सञ्चालनमा ठोस कदम नचाले सङ्घ अप्रिय निर्णय लिन बाध्य हुने स्पष्ट पारे। रासस

Skip This
Skip This
Logo