मेक्सिकोद्वारा उत्तर कोरियाका दूतलाई देश निकाला

मेक्सिकोद्वारा उत्तर कोरियाका दूतलाई देश निकाला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २३ भदौ । उत्तर कोरियाले गरेको आणविक बम परीक्षणको विरोधमा मेक्सिकोले त्यहाँका दूतलाई  देश निकाला गरेको छ । मेक्सिकोले किम ह्योङ गिललाई पर्सोना नन ग्राटा घोषणा गरेर देशनिकाला गरिएको हो ।

वक्तव्य जारी गर्दै मेक्सिको सरकारले गिललाई देश छोड्नका लागि ७२ घन्टाको समय दिएको छ । उत्तर कोरियाको आणविक कार्यक्रमलाई निरपेक्ष रूपमा अस्वीकार गर्दै यस्तो कार्यक्रम क्षेत्र तथा संसारकै लागि खतराको विषय भएको उसले बताएको छ ।

मेक्सिको प्रायः कूटनीतिक विवादमा पर्न चाहँदैन तर हालैका महिनाहरूमा उसले कडा भाषा प्रयोग गर्दै भेनेजुएला र उत्तर कोरियाको सरकारको निन्दा गरेको छ । यो घटना मेक्सिकोले अमेरिकासँग नजिकिन गरेको षड्यन्त्र पनि भनिएको छ । एजेन्सी

Skip This
Skip This
Logo