विराटनगर, २३ भदौ
आगामी मंसिरदेखि सञ्चालनको तयारीमा रहेको विराटनगर जुट मिलको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि बन्द अवस्थामा रहेको जुट मिलको उपकरण मर्मतको काम अन्तिम चरणमा पुगेको हो । "/>

विराटनगर जुट मिलको मर्मत अन्तिम चरणमा

विराटनगर जुट मिलको मर्मत अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

विराटनगर, २३ भदौ
आगामी मंसिरदेखि सञ्चालनको तयारीमा रहेको विराटनगर जुट मिलको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि बन्द अवस्थामा रहेको जुट मिलको उपकरण मर्मतको काम अन्तिम चरणमा पुगेको हो । मंसिरदेखि मिल सञ्चालन गर्ने तयारी गरेको उद्योग प्रशासनले कच्चापदार्थ खरिदको प्रक्रिया सुरु गर्ने तयारी समेत थालिसकेको छ । भारतको औद्योगिक समूह विनसम इन्टरनेसनलले लिजमा लिएर चलाउँदै आएको उक्त उद्योग २०७१ असोज १८ देखि बन्द अवस्थामा छ । ३३ केभीए प्रसारण लाइन उपलब्ध नगराइएकाले बन्द भएको उक्त उद्योगका लागि विद्युत प्राधिकरणले लाइन दिने भइसकेको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo