बारा, २३ भदौ
तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बुधबार मनोनयनपत्र दर्ता गराएका जिल्लाका विभिन्न उपमहानगरपालिका र नगरपालिका चार जना वडाध्यक्षका उम्मेदवार माथि
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । एमालेका तर्फबाट मनोनयनपत्र दर्ता गराएका दुई, कांग्रेसका एक र माओवादी केन्द्रको एक गरी चारजना वडाध्यक्षका उम्मेदरवारमाथि उजुरी परेको हो ।
महागढीमाई नगरपालिका वडा नं. ७ मा माओवादी केन्द्रबाट वडा अध्यक्षमा मनोनयन दर्ता गराएका शशिकान्त मिश्र माथि उजुरी परेको बताइएको छ। उनलाई काठमाडौँ जिल्ला अदालतले ०७३ असार ३२ गते ठगी, सरकारी छाप, दस्तखत किर्ते गरेको मुद्दामा एक वर्ष चार महिना १५ दिन कैद र तीन लाख रुपैया जरिवाना हुने फैसला गरेको मुद्दामा उनी फरार रहेका उजुरी कर्ताले बताएका छन । अदालतले कैद र नगद जरिवाना गरेका व्यक्ति उम्मेदवारी दिएको थाहा पाएपछि मिश्रको मनोनयन पत्र बदर गर्नको लागि दाबी विरोध परेको महागढीमाई नगरपालिकाको निर्वाचन अधिकृत खडानन्द गौतमले बताएका छन। उजुरी परेका सबै उम्मेदवारहरूलाई शुक्रवारसम्म जवाफ पेश गर्न निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत थापाले बताएका छन्।
नागरिकबाट





























प्रतिक्रिया